Shikhar Insurance
National Life

रुकुम पश्चिममा १६ हजार अस्थायी आवास निर्माण 

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १७:०७
Hyundai
NCELL
NIMB
जाजरकोट। गत कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पु¥याएका रुकुम पश्चिममा अस्थायी आवास निर्माण जारी छ । हालसम्म जिल्लाभर १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका छन् ।
भूकम्प गएको दुई महिना भन्दाबढी समय वितिसक्दा पनि सबै भूकम्प पीडित अस्थायी आवासमा सर्न सकेका छैनन् । अझै कतिपय पनि भूकम्पपीडित त्रिपालको भरमा तथा चर्किएको घरमा रात काट्न बाध्य छन् । दुई महिनामा १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिनुभयो । अझै पनि सबै पीडितका लागि अस्थायी आवास निर्माण गर्न नसकिएको उनले भने ।
बढुवाका अनुसार जिल्लाभर ७ हजार ४ सय ९७ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् । जिल्लामा २९ हजार चार सय छ लाभग्राही पहिचान भएका जनाउँदै बाँकी लाभग्राहीका लागि अस्थायी आवास निर्माण हुन नसकेको उनले बताए । हालसम्ममा सबैभन्दा बढी अस्थायी आवास आठबीसकोट नगरपालिकामा पाँच हजार चार सय ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ७० अस्थायी आवास निर्माण भएका छन् ।
हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा  २५ हजारका दरले रकम पठाएको छ । भूकम्पबाट पीडितको लागत सङ्कलन भइरहेकाले लाभग्राहीको सङ्ख्या तीस हजार पुग्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्