Shikhar Insurance
National Life

‘बैंकहरुको रिपोर्टले अर्थतन्त्रको वास्तविक चित्र देखायो, अझै छाडिदिने हो भने झन गम्भिर अवस्था आउँछ’

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १२:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्व बैंकर भुवन दाहालले बैंक तथा वित्तिय संस्थाहरुले प्रकाशित गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरणले अर्थतन्त्रको वास्तविकता उजागर गरिदिएको बताएका छन् ।

बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको अपरिस्कृत वित्तिय विवरणबारे सिंहदरबारसँग कुरा गर्दै नेपाल बैंकर्स संघको पूर्व अध्यक्ष समेत रहेका दाहालले भने–‘मान्छेहरु अर्थतन्त्र सुधार भयो सुधार भयो भन्छन्, अर्थतन्त्रमा सुधार छ की छैन् भनेर त बैंकको रिपोर्टहरुले छर्लंग बनाईदियो । बैंकको खराब कर्जा, बैंकको नाफाको फिगर हेर्दा अर्थतन्त्र कस्तो अवस्थामा छ भन्ने थाहा हुन्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुका रिपोर्टहरुले अर्थतन्त्र राम्रो छैन भन्ने प्रष्ट संकेत गरेको र तत्तकाल सुधारको प्रयास थाल्न सरकारलाई जनाउ घण्टी दिएको पनि दाहालले बताए ।
अधिकांश बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक हुनु गम्भिर बिषय भएको पनि उनले बताए । ‘अर्थमन्त्रीले जीडीपी ग्रोथको कुरा गरिरहनु भएको छ, बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक छ, ब्याज उठ्न सकिरहेको छैन्, यसले गम्भिर भएर सोच्नुपर्ने ठाउँमा नीति निर्माताहरुलाई पुर्याएको छ’, दाहालले भने ।

‘अब सबै कुरा छाडेर अर्थमन्त्री, अर्थ सचिव, गभर्नर, बैंकर, उद्योग बाणिज्य महासंघ, उद्योग परिसंघ, चेम्बर र विज्ञहरु क्लोज क्याम्पमा बसेर सुधारका बिषयमा घनिभूत छलफल गर्नुपर्छ ।’ दाहालले भने ।

२० वटा बाणिज्य बैंकहरुले आधा बर्षमा जम्मा २९ अर्ब ३४ करोड रुपैयाँ नाफा कमाएका छन् । यो नाफा यीनै बैंकहरुले अघिल्लो आवको सोही अवधीमा आर्जन गरेको भन्दा पनि ३ अर्ब ६ करोड अर्थात ९.४४ प्रतिशतले कम हो । यीनै बैंकहरुले गत आर्थिक बर्षको पुस मसान्तसम्ममा ३२ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेका थिए ।
अधिकांश बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक बनिसकेको छ भने खराब कर्जाको आंकडा पनि बढि नै रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्