काठमाडौं । विद्युतीय सवारीसाधनको कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । यस शोरुम उद्घाटनले बीवाईडीको विस्तारमा एक महत्वपूर्ण कोसेढुङ्गाको कार्य गरेको कम्पनीले जनाएको छ । यसले सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ ।
बीवाईडीले ईभीका गाडी बिक्री साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी गाडीको बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताइन् । ‘बीवाईडीको शोरुम देशका मेजर सिटीहरूमा सञ्चालनमा आइसकेका छन्, उच्च गुणस्तरका विद्युतीय सवारीसाधनको प्रदर्शनी र प्रवर्द्धनमा यो शोरुमले उल्लेखनीय भूमिका खेल्ने छ, आगामी दिनमा पनि शोरुमको विस्तार गर्दै जाने छौं,’ उनले भनिन् ।
श्रेष्ठले नयाँ शोरुमले बीवाईडीका गाडीको बिक्री र ग्राहकलाई सहज तरिकाबाट गाडी उपलब्ध गराउनमा मद्दत पुर्याउने विश्वास व्यक्त गरिन् ।
उक्त शोरुमबाट बीवाईडीका गाडी इको ड्राइभ अटोमोबाइल्स कम्पनीले बिक्री गर्ने छ ।
कम्पनीका अनुसार ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।
यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिब प्वाइन्ट पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्