Shikhar Insurance
National Life

चितवनले उठायो लक्ष्य भन्दा ६७ प्रतिशत बढी राजस्व

सिंहदरबार संवाददाता
२०८० माघ ५, शुक्रबार १५:२९
Hyundai
NCELL
NIMB

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७.२ प्रतिशत राजस्व सङ्कलन गरेको छ। राजस्व विभागले ६ महिनाका लागि १३ अर्ब ६ करोड १४ लाख ६० हजार लक्ष्य तोकेकामा पुस मसान्तसम्म ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार रुपौयाँ सङ्कलन भएको जनाएको छ ।

गत आ.वको यही अवधिमा ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो वर्ष ६ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार रुपैयाँ लक्ष्य विभागले तोकेको थियो । कार्यालयका प्रमुख निरन भट्टराईका अनुसार ६ महिनामा आय करतर्फ १ अर्ब २० करोड ९२ लाख १ हजार, अन्तःशुल्क तर्फ ६ अर्ब ६५ करोड २६ लाख ५४ हजार राजस्व सङ्कलन भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मूल्य अभिवृद्धि करतर्फ रू ८४ करोड ७ लाख ९ हजार, ब्याज कर पाँच करोड ७८ लाख ९९ हजार रुपैया घरबाहल कर एक करोड ९५ लाख ८८ हजार र स्वास्थ्य सेवा कर ९३ लाख २५ हजार रुपैयाँ सङ्कलन भएको भट्टराईले जानकारी दिए । उनका अनुसार अन्तःशुल्क सङ्कलनमा अपेक्षाअनुसार हुन नसक्दा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन नसकेको हो । अन्तःशुल्क राजस्व सङ्कलनमा उत्पादन र निकासी कम हुँदा समस्या आएको उनको भनाइ रहेको छ ।

आर्थिकमन्दीका कारण क्रयशक्ति कम हुँदा समग्र राजस्व सङ्कलनमा कमी देखिएको हो । भट्टराईले भने, “अनुत्पादक क्षेत्रमा लगानी बढी हुँदा राजस्व सङ्कलनमा कमी आएको अनुमान गरिएको छ ।” युवा जनशक्ति रोजगारीको सिलसिलामा विदेश पलायन हुनुले समेत राजस्व सङ्कलनमा कमी भएको उनले बताए । कार्यालयमा ६३ हजारभन्दा बढी करदाता रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्