काठमाडौं। साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेको छ । शुक्रबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १७ हजार ५ सय रूपैयाँमा बजारमा खरिद विक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाद १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ९ सय ५० रुपैंयामा कारोबार भएको थियो ।
साथौ, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाले घटेर १ हजार १३ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार १३ सय ९० रुपैंयामा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्