हुम्ला । जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई हुम्लाले आर्थिक सहयोग गरेको छ । हुम्लाको सिमकोट गाउँपालिकाले एक–एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।
विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत विपद्मा परेकालाई सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्