Shikhar Insurance
National Life

कामना सेवाको नाफा ३२.१९ प्रतिशतले बढ्यो, खराब कर्जा नियन्त्रणमा पनि प्रगति

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १४:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको दोश्रो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नाफा ३२.१९ प्रतिशतले वृद्धि भएको छ । बैंकले पुस मसान्तसम्ममा २५ करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशत बढी हो । गत आवको पुस मसान्तसम्ममा बैंकले जम्मा १९ करोड ५९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको वितरणयोग्य नाफा १७ करोड ४५ लाख २७ हजार रुपैयाँ रहेको छ । ३ अर्ब २८ करोड ११ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ५१ करोड ८८ लाख रुपैयाँ रहेको छ । चालु आवको दोश्रो त्रैमासिक अवधीसम्म आईपुग्दा बैंकको खुद ब्याज आम्दानी घटेपनि नेट फि तथा कमिसन र संचालन नाफा भने बढेको देखिन्छ । पुस मसान्तसम्ममा बैंकको नेट फि तथा कमिसन २५.६६ प्रतिशत बढेर १२ करोड ३२ लाख र संचालन नाफा ३२.२४ प्रतिशत बढेर २१ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको निक्षेप संकलनमा ५.२८ प्रतिशत वृद्धि भई ५६ अर्ब २९ करोड ६४ लाख पुगेको छ । तर, कर्जा प्रवाह भने झिनो ०.३ प्रतिशतले मात्रै वृद्धि भएर ४३ अर्ब ९८ करोड २६ लाख रुपैयाँ पुगेको छ । सो अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ । गत वर्षको दोस्रो त्रैमासिक अवधीमा ३.७० प्रतिशत रहेको खराब कर्जा यो वर्षको सोही अवधिमा भने ३.४२ प्रतिशतमा झरेको छ ।

समिक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय ५१ रुपैयाँ ६१ पैसा कायम भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्