Shikhar Insurance
National Life

१२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ: मन्त्री बस्नेत

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १३:३३
Hyundai
NCELL
NIMB

काठमाडौँ । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आगामी १२ वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्न सकिले बताएका छन् । बिहीवार स्वतन्त्र उर्जा उत्पादक संघ (इप्पान) को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्ने दाबी गरे ।

निजी क्षेत्र र सरकारको इच्छाशक्तिले सरकार आगामी १२ वर्षमा २८ हजार मेगावाट बढी विद्युत उत्पादन गर्ने लक्ष्यअनुसार अघि बढीरहेको मन्त्री बस्नेतले बताए । उनले पछिल्लो डेढ वर्षको अवधिमा १ हजार भन्दा बढी मेगावाट विद्युत उत्पादनको अवस्था सिर्जना भइरहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री बस्नेतले भने  ‘अब यो १० वर्ष, पछिल्लो १० वर्ष नेपालको उर्जा क्षेत्रको विकासको निम्ति एउटा विशेष र महत्वपूर्ण अवसर बन्नेछ, हामीसँग सम्भावनाहरुका दृष्टिले हेर्दाखेरि यो एक दशकमा आठ वर्षमा हामीले २१/२२ सय र अझ आगामी तीनदेखि चार महिनाभित्र ४/५ सय मेगावाट  उत्पादन गर्न सक्नेछौँ । अहिले हेर्दा १५ देखि १६ म्हिनाको बीचमा, डेढ वर्षको अवधिमा  हजार भन्दा बढी विद्युत उत्पादन गर्नसक्ने अवसस्थासम्म आइपुगेका हामी आगामी १२ वर्षमा २८ हजार सात सय उत्पादन गर्न गर्न सक्छौँ ‘ ।

लगानीमैत्री वातावरण सिर्जना गरेर अघि बढ्नसके उर्जा क्षेत्रका समस्या समाधान हुने बताउदैँ उनले  लगानी कर्तालाई थप लगानीका लागि सहज वातावरण बनाउनेतर्फ सरकार अग्रसर रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्