Shikhar Insurance
National Life

पाथीभरामा उठ्यो एक महिनामा ३५ लाख भेटी

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १६:४६
Hyundai
NCELL
NIMB

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख भन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम ३५ रुपैयाँ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनको अनुसार पुसमा मात्र कूल  ३५ लाख २९ हजार भेटी रकम सङ्कलन भएको हो । पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम सङ्कलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सङ्कलित यो रकम नेपाल बैङ्क लिमिटेड, सानिमा बैङ्क र एनएमबी बैङ्कमा रहेको समितिको खातामा जम्मा गरिएको पनि उनले बताए। सङ्कलित पुसको यो पछिल्लो समेत गरी पाथीभरामा जम्मा भएको भेटी रकम ८ करोड ७० लाख ५२ हजार ५ सय ४८ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्