Shikhar Insurance
National Life

आठौं युवा वैज्ञानिक शिखर सम्मेलन माघ २२ र २३ गते हुँदै

सिंहदरबार संवाददाता
२०८० माघ ३, बुधबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपालमा आठौं युवा वैज्ञानिक शिखर सम्मेलन यहि माघ २२ र २३ गते हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्यूट र युनिग्लोब एस.एस.कलजेको आयोजना तथा शिक्षा मन्त्रालयसँगको सहकार्यमा युवा वैज्ञानिक सम्मेलन हुन लागेको हो ।

सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्निोलोजी(नास्ट),नेसनल इनोभेसन सेन्टर (एनआइसी),युनेस्को नेपाल,रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी(आरडिएस) र साइन्स टिचर्स नेपाल लगायतको सहकार्य रहेको छ । कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले शोधकर्ताको रुपमा सम्मेलनमा भाग लिन सक्ने आयोजकले जनाएको छ । युवा शोधकर्ताहरुका लागि विभिन्न ६ वटा विधामा छुट्टाएको छ । जस अन्तर्गत इन्जिनियरिङ र रोबोटिक्स,जीवन विज्ञान,रसायन र वातावरण विज्ञान,भौतिक विज्ञान र गणितका साथै कम्युटर विज्ञान र इन्डिजेनिएस ज्ञान र प्रविधि विधा तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस शिखर सम्मेलनमा विशेषगरी महिला र फरक क्षमता भएका युवा वैज्ञानिकलाई प्राथमिकतामा राखिएको छ । सम्मेलनमा प्रस्तुत गरेको विषयवस्तु,भिडियो क्लिपका साथै पोष्टर र मौखिक रुपमा प्रस्तुतकरणका आधारमा छनौट गरिने आयोजकले जनाएको छ । सहभागी युवाहरुलाई विभिन्न उपाधि,प्रमाणपत्रका साथै ६ वटै विधाका विजेतालाई पदक समेत प्रदान गरिने छ । प्रत्येक विधाका विजेताहरुलाई १३ औं एसिया प्यासिफिक सम्मेलनमा भाग लिनका लागि आवेदन दिन पाउने छन् । पुरस्कारका विजेताहरुले राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरका अन्य खोज अनुसन्धानमुलक गतिविधिमा भाग लिन पाउने आयोजकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्