काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर एक/एक रुपैयाँले घटाएको छ ।
नेपाल आयल निगमले मंगलबार राती १ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो ।
सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।
यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्