Shikhar Insurance
National Life

उपकार लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

सिंहदरबार संवाददाता
२०८० पुष २९, आईतवार १८:१२
Hyundai
NCELL
NIMB

कोहलपुर । उपकार लघुवित्त वित्तीय संस्था लि.को पाँचौ वार्षिक साधारण सभा कोहलपुर स्थित होटल ट्रीप ह्याभेनमा सम्पन्न भएको छ । उपकार लघुवित्त वित्तीय संस्था लि.की अध्यक्ष शान्तिदेवी ढकालको अध्यक्षतामा एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको हो ।

सभाबाट सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन, आगामी वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै सभाले संचालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सि.ए.भगवती रेग्मी र सि.ए. निशा वाग्लेलाई निर्विरोध निर्वाचित समेत गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्