Shikhar Insurance
National Life

पवन गोल्याणले छाडे एनएमबि बैंक, नयाँ अध्यक्षमा मनोज कुमार गोयल

सिंहदरबार संवाददाता
२०८० पुष २८, शनिबार १४:११
Hyundai
NCELL
NIMB

काठमाडौं । एनएमबि बैंकको सञ्चालक समिति अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन् । बैंकको २८ औं साधारण सभाबाट चयन भएको सञ्चालक समितिको पहिलो बैठकले गोयललाई अध्यक्ष चयन गरेको हो । बैंकको पुस २६ गते साधारण सभा भएको थियो ।

पवन गोल्याणले बैंक सञ्चालक समिति छाडेपछि गोयल अध्यक्ष बनेका हुन् । साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाललाई सञ्चालक निर्वाचित गरेको थियो भने सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदीलाई निर्वाचित गरेको थियो । एफएमओले भने शर्मिला हार्दि प्रकाशलाई मनोनित गरि पठाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकका नव निर्वाचित अध्यक्ष गोयलले सपथ ग्रहण गरि पदभार समेत ग्रहण गरिसकेका छन् । बैंकले २०८० असार मसान्तसम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड आर्जन गरेको छ भने निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब पुर्याएको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्