काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।
उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भए । यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो ।
बैंकले २०८० असारसम्ममा खुद नाफा ३ अर्ब २२ करोड रुपैयाँ आर्जन गरेको थियो भने निक्षेप २१३.०४ अर्ब र कर्जा १९७.४७ अर्ब रहेको छ । बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्