Shikhar Insurance
National Life

नेपाल ल्यूव आयलको वार्षिक साधारण सभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित

सिंहदरबार संवाददाता
२०८० पुष २५, बुधबार १६:५४
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाल ल्यूब आयलको ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीद्धारा यस साधारण सभा मार्फत शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले भने, “देश र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ । नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा प्रतिबद्ध छन्।“ बैठकपछि कम्पनीको कार्यसम्पादनबाट शेयरधनीहरु निकै उत्साहित देखिन्थे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्