Shikhar Insurance
National Life

बलात्कार आरोपमा दोषी ठहर क्रिकेटर लामिछाने उच्च अदालत जाने तयारीमा

सिंहदरबार संवाददाता
२०८० पुष २५, बुधबार १६:३१
Hyundai
NCELL
NIMB

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गरेका क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत जाने भएका छन् ।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आउनुभएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनैपनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नदेखिएको जिकिर गर्दै न्यायको लागि उच्च अदालत जान लागिएको बताइएको छ । बुधवार काठमाडौं जिल्ला अदालतमा लामिछानेलाई न्युनतम सजाय तोक्नुपर्ने पक्षमा बहस गरेपछि उहाँले लामिछाने आफैँले पनि आफू निर्दोष रहेको दलिल पेश गरिरहेकाले न्यायको माग गर्दै उच्च अदालत जाने अधिकार आफूहरुलाई सुरक्षित रहेको तर्कसमेत गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अधिवक्ता घिमिरेले सो सम्बन्धि सम्मानित जिल्ला अदालतको फैसलालाई आफूहरुले मान्नुपर्ने बाध्यता भएकाले कम सजायको माग गर्दै सजाय निर्धारण सम्बन्धि बहसमा आफूहरुले भाग लिएको स्पष्ट पारे । सन्दिप लामिछानेको व्यक्तित्व, उनले खेल जगतमा पारेको एउटा प्रभाव र उनका असल चरित्रलाई हेरेर र उनको सामाजिक दायित्वलाई हेरेर न्युनतम सजाय होस भन्ने आफूहरुको भनाई रहेको उनले बताए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्ने फैसला गत पुस १३ गते गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्