Shikhar Insurance
National Life

राज्यका सबै निकाय मेरिटबेसमा चयन नभए व्यवस्था हाईज्याक हुन्छ : लामिछाने

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसकिने बतएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उनले उक्तकुरा बताएका हुन् । निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाएका छन् ।

लामिछानेले प्रतिनिधि सभा निर्वाचनमा हारेका काँग्रेस नेता कृष्णप्र्र्र्र्र्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकीर गर्दै त्यसप्रति आक्रोश व्यक्त गरे । निर्वाचनमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भिर प्रहार भएको बताए ।

बैठकमा राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भिर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो । लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम)को आधारमा चयन गर्नुपर्ने प्रश्ताव गर्दै संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिटबेसमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने माग राखे ।

राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसकिने लामिछानेको तर्क थियो

सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरुले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्