Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई होटल शारामा २५ प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १६:३२
Hyundai
NCELL
NIMB

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र होटल शारा प्रा. लि बिच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिभिन्न किसिमका आवाश तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट उक्त कम्पनीका कार्यकारी निर्देशक पृथ्वी सुुवेदीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल शारामा खाना,सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवाशमा २५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छुट सम्म दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सम्झौताले बैंकमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्