Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो सेयर बजार, एघार कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार १५:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक २०।६२ अंकले बढेर २०८०।१२ को विन्दुमा बजार बन्द भएको हो ।

कारोबारमा आएको १ सय ६५ कम्पनीको सेयर मूल्य बढेको छ । ७७ कम्पनीको घटेको छ भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार आज एघार कम्पनीको सेयर सकारात्मक सर्किट लागेको छ । यसदिन कर्णली डेभलमेण्ट बैँक, सिन्धु विकास बैँक, कालीका लघुवित्त, सप्तकोसी डेभलमेण्ट बैँक, अपर सान्गे हाइड्रोपावर, सहित ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, अन्य ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको धौलागीरी लघुवित्त वित्तियको मूल्य सबैभन्दा बढी ८।१९ प्रतिशतले घटेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्