Shikhar Insurance
National Life

डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता किस्ता बन्दीमा तिर्न ३० दिन भित्र निवेदन दिईसक्नुपर्ने

सिंहदरबार संवाददाता
२०८० पुष २४, मंगलवार ११:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता महसुल बुझाउन बाँकी उद्योगहरुले किस्ता बन्दीको सुबिधा प्रयोग गर्न आगामी ३० दिनभित्र निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता तिर्न बाँकी रहेका उद्योगहरुले ६० किस्तामा भुक्तानी गर्न सकिने सुबिधा प्रयोग गर्नका लागि आगामी ३० दिनभित्र प्राधिकरणमा निवदेशन दिईसक्नुपर्ने बताएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता रकम ६० किस्तामा तिर्न सकिने व्यवस्था गरेको थियो । तर उद्योगी व्यवसायीहरुले भने टिओडी मिटरको तथ्यांक नदेखाएसम्म पैसा नतिर्ने अडानमा छन् ।

प्राधिकरणले एक दर्जन बढी उद्योगहरुको लाइन काटिसकेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बक्यौता पनि उठ्ने र उद्योग पनि चल्ने वातावरण बनाउन उर्जा मन्त्री र प्राधिकरण नेतृत्वलाई सोमबार मात्रै निर्देशन दिएका थिए ।

डेडिकेटेड र ट्रङ्क लाइन उपभोग गरेका भनिएका ६१ वटा उद्योगले २२ अर्ब रुपैयाँ बढी महसुल बुझाउन बाँकी रहेको प्राधिकरणले बताउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्