काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ प्रणालीबाट आइपिओ जारी गर्ने अनुमती पाएको छ । नेपाल धितोपत्र बोर्डले रिलायन्सलाई न्युनतम ६०८ रुपैयाँ देखि ९१२ रुपैयाँसम्ममा आइपिओ ल्याउन अनुमति दिएको हो । यो मूल्य योग्य सस्थागत लगानी कर्तागरुको लागि हो ।
कम्पनीले ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर जारी गर्न लागेको हो । यो आइपिओ निष्कासनको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले गरिरहेको छ ।
योग्य संस्थागत लगानीकर्ताले खरिद गरेको कटअफ मूल्यमा १०% छुट दिएर सर्वसाधारणलाई निष्कासन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्