Shikhar Insurance
National Life

दाह्रा काटेपछि झनै उग्र बन्यो ध्रुवे हात्ती, भत्कायाे चार घर

सिंहदरबार संवाददाता
२०८० पुष २०, शुक्रबार १०:२२
Hyundai
NCELL
NIMB

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेको ध्रुवे हात्तीले पुनः आतङ्क मच्चाउन थालेको छ । सो हात्तीले बिहीबार बस्तीमा पसेर चार घर भत्काइदिएको थियो । मंसिर २५ गते ध्रुवे हात्तीको दाह्रा काटेर रेडियो कलर जडान गरिएको थियो । तर त्यसछि हात्ती झनै उग्र भएको प्राबिधिकहरुले बताउने गरेका छन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले ध्रुवे हात्तीले भरतपुर महानगरपालिका–२३ वयरघारी क्षेत्रमा चार घर भत्काएको जानकारी दिए । बुधबार साँझ माडी क्षेत्रमा देखिएको सो हात्ती बिहीबार बिहान वयरघारी क्षेत्रमा आइपुगेको हो । उनले भने “अन्य हात्ती शान्त भए पनि यो हात्ती उग्र बन्न थालेको हो ।” हात्तीलाई ‘डाट’ गरेर ‘रेडियोकलर’ जडान गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रेडियोकलरबाट नियमन गरिएको भए पनि बस्तीमा पस्न भने नछाडेको उनले बताए । हात्ती बस्ती पसेको जानकारी पाएसँगै निकुञ्जका कर्मचारी, नेपाली सेना, समुदायमा आधारित संस्थामार्फत जानकारी गराउने गरिएको तिवारीले जानकारी दिए ।

हात्तीलाई बस्ती पस्न नदिनका लागि स्रोत, साधनले सकेसम्म उच्चस्तरको प्रविधि प्रयोग गरिएको भए पनि रोक्न नसकिएको तिवारीको भनाई छ । हात्तीको दाह्रा काटेर रेडियो कलर जडान गरेएता हात्ती नियन्त्रणमा आउनुको साटो बस्तीमा पसेर घर भत्काउने, भण्डारण गरिएको खाद्यान्न नष्ट गर्ने गरेको छ । ध्रुवेले विगतमा मानवीय क्षतिसमेत गरेको छ यस हात्तीले अहिलेसम्म २० जनाभन्दा बढी मानिसको ज्यान लिइसकेको निकुञ्जको अनुमान छ ।

हात्ती बस्तीमा पस्न थालेपछि निकुञ्जले निकुञ्ज आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन निकुञ्जले अनुरोध गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्