Shikhar Insurance
National Life

घटेर बन्द भयो सेयर बजार, दुई कम्पनीमा भने सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० पुष १९, बिहीबार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । कारोबारको अन्तिम दिन आज नेप्से ८ दशमलव ७१ अंकले घटेर २,०४९ को विन्दु कायम भएको छ । १ सय १३ कम्पनीको सेयर मुल्य बढेको छ भने १ सय २८ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै कालिका पावर र सिंगटी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले आज १० प्रतिशतका दरले कमाएका छन् । त्यस्तै नेपाल वेयरहाउजिङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् भने मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी बिन्धबासीनी हाइड्रोका लगानीकर्ताले भने ९ दशलमव ३१ प्रतिशतका दरले कमाउन सफल छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै सबैभन्दा धेरै गुमाउने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानी कर्ता रहेका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सकाे सेयर मूल्य ६ दशलमव ५६ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्