काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफु अर्थमन्त्री भएपछी अर्थतन्त्रमा धेरै सकारात्मक परिणाम आएको बताएका छन् । आफ्नो १० महिने कार्यकालमा अप्ठ्यारो स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा ल्याउन सफल भएको अर्थमन्त्री महतले दाबी गरेका छन् ।
सरकारले पछिल्लो एक वर्षमा मुलुकको आर्थिक अवस्था सकारात्मक दिशातिर अग्र्रसर भइरहेको दाबी गरिरहेको अवस्थामा प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत अन्य गठबन्धनका शिर्षस्थ नेताहरुले अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेकाले आत्मविश्वास बढाएर लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गर्दै आइरहेको अवस्थामा अर्थमन्त्री महतको यस्तो धारणा आएको हो ।
अर्थमन्त्री महतले भने अर्थतन्त्र सकारात्मक दिशामा अघि बढीरहेको र असहज स्थितिमा रहेको अर्थतन्त्रलाई लयमा ल्याएको, युवाहरु विदेश जाने क्रम पनि बिस्तारै कम हुँदै गएको र मुलुकभित्रै सम्भवना छ भन्ने आवाज प्रवाह भइरहेको हुनाले अर्थतन्त्र वृद्धि सहितको सकारात्मक बाटोमा गएको आबी गर्छन ।
उनले वित्त व्यवस्थापन र मौद्रिक नीति सहजताको माध्यमबाट अर्थतन्त्र चलायमान हुँदै गएको जिकिर गर्दे जिम्मेवार ठाउँमा बसेर कानून नमान्नेहरुप्रति आखाँ चिम्लन नसकिने बताए । महतले लगानी सम्मेलनको आयोजना गरी नेपाली लगानी कर्तालाई अझै सहज बनाउने र विदेशी लगानीकर्तालाई कृषि,पर्यटन,आइटी र जलविद्युतका क्षेत्र केन्द्रमा राखेर लगानी सम्मेलनको तयारीमा सरकार रहेको बताए । महतले राजश्व परिचालनका विषयमा सरकारले उल्लेख्य उपलब्धि हासिल गरेको दाबी समेत गरे ।
(सरकारको एक वर्ष पुगेको अवसरमा अर्थतन्त्र चलायमान र सुदृढ बनाउन गरेको कामबारे अर्थमन्त्री डा. महतसँग न्युज एजेन्सी नेपालले लिएको अन्तरवार्ता)
प्रतिक्रिया दिनुहोस्