Shikhar Insurance
National Life

उत्पादन र व्यापारका लागि फरक फरक ब्याजदरमा ऋण दिनुपर्छः डा. पौडेल

सिंहदरबार संवाददाता
२०८० पुष १४, शनिबार ०९:०३
Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रिय योजना आयोगका सदस्य डा रमेशचन्द्र पौडेलले निर्माण क्षेत्र वित्तीय समस्याबाट मुक्त नभएसम्म उत्पादन र उत्पादकत्व नबढ्ने तथा युवाले रोजगारी नपाउने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)को चौथौँ वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आयोग सदस्य डा. पौडेलले बैंक वित्तीय संस्थाबाट प्रवाह हुने कुल कर्जाको करिब २० प्रतिशतसम्म ऋण रकम उत्पादनमुलक क्षेत्रमा लगानी हुने वातावरण बनाइनुपर्नेमा पनि जोड दिए ।

त्यस्तै, उनले निर्माण क्षेत्रलाई दिइने ऋणको ब्याजदर र सेवा क्षेत्रका लागि दिइने ऋणको ब्याजदर फरक हुनुपर्ने पनि बताए । बैंकिङ क्षेत्रमा सिबिफिनले अध्ययन र अनुसन्धानमा आधारित रहेर तथ्यपरक काम गरिरहेको उल्लेख गर्दै सदस्य पौडेलले सिबिफिनका सुझाव १६औँ योजना निर्माणका क्रममा समेटिने प्रतिवद्धता जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्