काठमाडौं । क्रीकेटर सन्दिप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले नाबालिका बलात्कारको आरोप लागेका लामिछानेलाई दोषी ठहर गरेको हो ।
न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीमाथिको आरोप पुष्टि हुने फैसला गरेको हो ।
३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । पुस २५ गते ढकालको इजलासमा हुने सुनुवाइले कैद सजाय तोक्ने छ ।
लामिछाने माथी कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ ।
राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो ।
प्रतिक्रिया दिनुहोस्