Shikhar Insurance
National Life

विश्वविद्यालय सुधारको माग गर्दै विद्यार्थीले शुरु गरे ‘विश्वविद्यालय सडक बहस’

सिंहदरबार संवाददाता
२०८० पुष १३, शुक्रबार ११:४३
Hyundai
NCELL
NIMB

काठमाडौँ । शुक्रवार काठमाडौंमा नेपाल ल क्याम्पस अगाडि विद्यार्थीहरुले विश्वविद्यालयको सुधारका माग राख्दै विश्वविद्यालय सडक बहस शुरु गरेका छन् । उनीहरुले विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य हुनुपर्ने, शिक्षा प्रणाली गुणस्तरीय बनाउनुपर्ने, विश्वविद्यालयलाई डिजिटलाइजेशन गर्नुपर्ने लगायतका माग राखेका छन् ।

विश्व विद्यालय सडक बहस कार्यक्रममा बोल्दै नेपाल ल क्याम्पसका विद्यार्थी ओमप्रकाश सुनारले विश्वविद्यालयहरुमा पठनपाठन गर्ने हरेक गतिविधि निराशाजनक रहेको बताए । उनले पठनपाठनको स्थिति, शिक्षा प्रणाली, समयमै परीक्षा र नतिजा प्रकाशन नहुने लगायत विद्यार्थीका आशाअनुरुपको अध्ययन नहुने समस्या रहेकाले विश्वविद्यालयहरु डिजिटलाइजेशन हुनुपर्ने बताए ।राजनीतिका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको समस्यालाई हटाइ विद्यार्थीलाई रोजगार र गुणस्तरसँग जोड्न नसके विद्यार्थीहरु अझै धेरै विदेश जाने सम्भावना रहेको बताए । अहिले विश्वविद्यालय बहस किन चलाएका हौँ त भन्दा पछिल्लो समय नेपालका जतिपनि विश्वविद्यालयहरु छन्, त्यहाँको विश्वविद्यालयहरुमा पठनपाठन गर्ने हरेक गतिविधि हेर्ने हो भने सबै निराशाजनक रहेको पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पठनपाठनको स्थितिदेखि लिएर त्यहाँको शिक्षा प्रणाली निचोड रुपमा हेर्ने हो भने त्रिभुवन विश्वविद्यालयको कुरा गर्दा समयमै परीक्षा नहुने, परीक्षा भइसकेपछिको नतिजा समयमै प्रकाशित नहुने र यहाँका विद्यार्थीहरुले आशा गरेअनुरुप विश्वविद्यालयमा पढाइ भइरहेको नरहेकाले प्रत्येक विश्वविद्यालय डिजिटलाइजेसन हुनुपर्ने उनको भनाइ छ । शैक्षिक क्यालेण्डर निर्माण गरी सोअनुसार पढाइ हुनुपर्ने त्यसको सुधारका लागि हाम्रो आन्दोलन हो उनले भने ।पछिल्लो ८ महिनामा ७१ हजार ६ सय विद्यार्थी अध्ययनका लागि बाहिरिएका छन् । यो तथ्यांक हेर्दा विश्वविद्यालयको अवस्था डरलाग्दो छ । यही गतिमा गयो भने हाम्रो विश्वविद्यालयमा अबको ५ वर्षमा विद्यार्थी टर्च बालेर खोज्नुपर्छ । विश्वविद्यालयमा अहिले पनि राजनीतिको कारणले दलीयकरण र भागबण्डाका कारण शिक्षक र कर्मचारी नियुक्ति हुन नसकेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयमा ३२ प्रतिशत प्राध्यापक र ३५ प्रतिशत कर्मचारीको नियुक्ति अभाव छ । राजनीतिका कारण विश्वविद्यालय कोमामा छ ।’ सुनार बताउछन् ।

कार्यक्रममा सहभागी अन्य विद्यार्थीहरुले विश्वविद्यालय सुधारको बहस सडक र सदनमा पनि उठाउनुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले विश्वविद्यालयहरुलाई छाता ऐन चाहिएको र अबको विश्वविद्यालय विषयगत विश्वविद्यालय हुनुपर्ने बताए । विश्वविद्यालय सुधारका लागि सबै विद्यार्थीहरु एक भएर अघि बढ्न र दबाब सिर्जना गर्न जरुरी रहेको बताए । विद्यार्थीको हक अधिकार र राजनीतिको नाममा विद्यार्थी राजनीतिक संगठनले सस्तो सम्झौता गरेर टार्नु नहुने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्