मोरङ । विराटनगरबाट स्रोत नखुलेको १९ लाख ९० हजारसहित साँझ एक जना पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएकाे छ । सुनसरीको देवानगञ्जका सुरेन्द्रप्रसाद उक्त रकमसहित विराटनगर–११ र ६ को केशलिया मार्गमा जाँचका क्रममा पक्राउ परेका थिए ।
पक्राउ परेकालाई हिरासतमा लिएर अनुसन्धान थालिएको तथा थप जानकारी आउन बाँकी रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिए ।
रकम र साे के स्राेतका बारेमा थप अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्