काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको पुस ९ गते बसेको ३२३ औं सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । सो वित्तिय विवरण बैंकबाट स्वीकृति भएपश्चात सस्थांको आगामी बार्षिक साभारण सभामा स्वीकृतिको लागि पेस गर्ने निर्णय भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्