काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको आइपीओ बाडफाट भएको छ । बिक्रि प्रबन्धक एनएमबी क्यापिटलले बुधबार आइपीओ बाडफाट गरेको हो ।
कम्पनीले मंसिर २७ गतेदेखि पुस १ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणका लागि २ करोड ४९ लाख कित्ता सेयर निष्कसन गरेको थियो। सो आईपीओमा कुल १५ लाख ७३ हजार २१९ जनाले आवेदन दिएका थिए। सोमध्ये ८ हजार ६५५ आवेदन रद्द भएको छ भने १५ लाख ६४ हजार ५६४ आवेदन स्वीकृत भएको छ।
कम्पनीको आइपीओ ३० कित्तासम्म आवेदन दिने सबैले पाएका छन् । १०, २० र ३० कित्तासम्म आवेदन दिएका सबैले मागेजती आइपीओ पाएका हुन् । ३० कित्ता भन्दा बढि आवेदन दिनेहरुले भने गोलाप्रथा बाट थप १० कित्ता आइपीओ पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्