Shikhar Insurance
National Life

राष्ट्र बैंकले जारी गर्यो एकीकृत निर्देशन २०८०, संसोधन तथा थप व्यवस्था के के ?

सिंहदरबार संवाददाता
२०८० पुष ८, आईतवार १८:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयन गर्न एकीकृत निर्देशन जारी गरेको छ ।

राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै ५० लाख रुपैयाँसम्मको आवास कर्जाका लागि ऋण भुक्तानी अनुपात ६० प्रतिशत पुर्‍याइएको छ। यसबाट बैंकबाट पैसा लिन ऋणीलाई अलिक सजिलो हुन्छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकले ऋणपत्र गणना गर्न पनि लचकता अपनाएको छ। मौद्रिक समीक्षामा घोषणा गरेजस्तै उसले आइतबार निर्देशन जारी गरेर २०८० पुस मसान्तसम्म शत प्रतिशत र त्यसपछि २०८१ असार मसान्तसम्म त्यो ऋणपत्रको ५० प्रतिशत रकम निक्षेपको रुपमा गणना गर्न पाइनेछ।

राष्ट्र बैंकले बैंक दर र नीतिगत दरहरु पनि परिवर्तन गरिदिएको छ। बैंक दर ७, निक्षेप संकलन दर ३ र रिपो दर ५.५ प्रतिशत कायम गरिदिएको छ ।

यसका साथै रियलस्टेट र सेयर धितो कर्जाको जोखिम भारित सम्पत्ति १२५ प्रतिशत कायम गरिएको छ ।

राष्ट्र बैंकले जारी गरेकाे एकीकृत निर्देशन

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्