Shikhar Insurance
National Life

हेटौडामा आइशरको रि–सेल मेला सुरु

सिंहदरबार संवाददाता
२०८० पुष ८, आईतवार १७:४३
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपालका लागि आइशर कमर्सियल भेईकलको एक मात्र आधिकारिक वितरक बतास एम.ए.डब्लू. कमर्सिअल भेईकल प्रा.लि.ले आफ्ना ग्राहकको मागलाई लक्षित गर्दै हेटौडामा रि–सेल मेलाको आयोजना गरेको छ ।

आज भएको एक कार्यक्रमका बीच नेपाल ट्रक यातायात महासंघ र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, नेपाल निर्माण व्यवसायी संघ, मकवानपुरका अध्यक्ष बालगोपाल कंडेल, हेटौडा उप–महानगरपालिका प्रतिनिधि  विजय पुडासैनी र बतास एम.ए.डब्लु. प्रा. लि.का तर्फवाट रि–सेल प्रमुख परिक्षण धिमालले संयुक्त रूपमा रिबन काटेर मेलाको औपचारिक उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा श्रेष्ठले आइशर ट्रकको विशेषता र ग्राहकले रुचाउनुका प्रमुख कारण उल्लेख गर्दै यसको माईलेज विशेष र पावर उत्कृस्ट रहेको जानकारी दिएका थिए । यस्तो मेलाले मध्यम वर्गका ग्राहकले पनि सजिलै स्वरोजगार भई आत्मानिर्भर हुने जानकारी दिए । साथै चालकलाई लक्षित गरि २५ लाखको आकस्मिक बीमाले थप उर्जा दिने समेत बताए । कार्यक्रम पौष ८ गते देखी १० गतेसम्म संचालन हुने छ ।

आइशरले आफ्ना ग्राहकको आवश्यकतालाई महसुस गर्दै यस्ता किसिमका कार्यक्रम समयसापेक्ष ल्याउने गर्दछ। सोहिकारण नेपालसहित विश्वबजारमा आइशर ग्राहकको पहिले रोजाई बन्दै आइरहेको छ । यसअघि आइशरले आफ्ना ग्राहकलाई लक्षित गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेश इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । क्यासलेश योजना मार्फत् दुर्घटना भएको खण्डमा आइशर मोटर्सका गाडीका खरिदकर्ताहरू बतास एम.ए.डब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्