इटहरी । उद्योगमा बिजुली काटिएको बिरोधमा रिलायन्स स्पिनिंग मिल्स लिमिटेडमा कार्यरत मजदुर हरुले बिरोध प्रदर्शन गरेका छन् । उक्त बिरोध प्रदर्शनमा श्रमिक तथा संगठनको नेतृत्व गरेका आधिकारिक ट्रेड युनियनका तथा कारखानाका मजदुरहरु रहेका छन् ।
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिंग मिल्समा शुक्रबार बाट बिजुली काटेको थियो । जसवाट त्यहाँ कार्यरत ४००० भन्दा बढि कामदार बेरोजगार हुने अवस्था आएकोले मजदुरहरु आन्दोलनमा जान बाध्य भएको ज्ञापन पत्रमा उल्लेख छ ।
प्रधिकरणले हुँदै नभएको वाँकी रकम माग गरेर बखेडा झिकेकाले यो समस्या आएको भन्दै मजदुरहरुले यदि तिर्नुपर्ने रकम भए टिओडी मिटरको डाटा अनुसार तिर्न उद्योग तयार रहेको तथा अदालतमा मुद्दा बिचाराधीन बिषयमा प्राधिकरणले बिजुली काटेको आरोप समेत मजदुरहरुले लगाएका छन् ।
यदि समस्याको सामाधान तथा रोजिरोटीको संबन्धमा केही भए सुनसरी मोरङ उद्योग करिडोरका कलकारखाना उद्योग बन्द गराउने सडक अवरोध गर्ने तथा अन्य दबाब मूलक कार्यक्रम गर्ने समेत ज्ञापन पत्रमा उल्लेख छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुष ५ गते बिहीबार कसैसँग सम्झौता नगरी विद्युतको बक्यौता असुल गरि प्रणालीलाई व्यवस्थित गर्न तथा डेडिकेटेड र ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिाचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा प्रधानमन्त्री दाहालले सो निर्देशन दिएका थिए । सोहि निर्देशन अनुसार प्राधिकरण शुक्रबार ४ ठूला उद्योगको बिजुली काटेको थियो ।
ब्यवसायी तर्साउदै प्रधानमन्त्रीले भने- डेडिकेटेड/ट्रंक लाइनको बक्यौता नतिर्नेको लाइन तुरुन्त काटौँ
प्रतिक्रिया दिनुहोस्