Shikhar Insurance
National Life

‘नवौं नेपाल फर्मा एक्स्पो २०२४’ फागुन २५ गतेदेखि सञ्चालन हुने

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार १९:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । ‘नवौं नेपाल फर्मा एक्स्पो २०२४ ’ आगामी फागुन २५ देखि २७ गतेसम्म चितवनमा सञ्चालन हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एप्पोन) ले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चितवनको भरतपुरमा एक्स्पो आयोजना हुने जानकारी गराएको हो ।

फागुन २५ देखि २७ गते (मार्च ८ देखि १०) सम्म चितवनमा हुने एक्स्पोमा धेरै किसिमका औषधि उत्पादन प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई देखाइनेछ । पत्रकार सम्मेलनमा बोल्दै एक्स्पोका मिडिया संयोजक सन्तोष बरालले एक्स्पोमा नेपालमा औषधि उद्योगको दिगोपन र वृद्धिका अगुवाईलाई मुख्य नारा बनाइएको बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एक्स्पोमा १५० भन्दा बढी स्टलहरु रहने र यसमा भारत, चीन, बंगलादेश, नेपाल, सिंगापुरका स्टलहरु रहने बरालले बताए । नेपाली औषधि उद्योगको सबैभन्दा महत्वपूर्ण दाबी गरिएको एक्स्पोमा ३० हजार भन्दा बढी मानिसको उपस्थितिको अपेक्षा आयोजकले गरेको छ । यस वर्षको फर्मा एक्स्पोको नारा ’नेपालमा फर्मा उद्योगको दिगोपन र वृद्धिका लागि अगुवाई’ भन्ने तय गरिएको छ ।

कार्यक्रममा बोल्दै एक्स्पोका संयोजक प्रभात रुंगटाले एक्स्पोमा डेढ सय स्टल रहने र अहिले बुकिङको क्रम जारी रहेको बताए । उनले चीन लगायतका औषधि कम्पनीहरुको स्टल १५ वटासम्म रहने र ११० वटा जति स्टल भारतीय औषधि कम्पनीका रहने बताए ।

प्रत्येक दुई वर्षमा आयोजना गरिने यस एक्स्पोले नेपालका औषधि उद्योगलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताइएको छ । एक्स्पो ज्ञान आदानप्रदानकासाथै सहकार्य, औषधि क्षेत्रको वृद्धि विकासका लागि महत्वपूर्ण हुने आयोजकको भनाइ छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्