Shikhar Insurance
National Life

नेप्से र कारोबार रकम दुबै घट्यो, आधा दर्जन कम्पनीका सेयरधनीले कमाए मनग्य

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १५:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लाे ७ कारोबार दिनमा १९२.६७ अंक बढेको नेप्से परिसूचक आज भने घटेर बन्द भएको हो ।

नेपाल स्टक एक्सचेञ्न (नेप्से) परिसूचक बिहिबार ३२.७७ अंकले घटेर २,१०९.१० को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ६ अंकले घटेर ३९६.६२ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहिबार नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यसदिन ३०४ कम्पनीको १ लाख ११ हजार ९८० पटकको कारोबारमा ६ अर्ब २७ करोड ४३ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड ७१ लाख ७२ हजार १४९ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएको ५० कम्पनकिो सेयर मूल्य बडेको छ । १९१ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार यसदिन ५ कम्पनीका सेयरधनीहरुले मनग्य आम्दानी गरेका छन् । यसदिन बोटलस् नेपाल बालाजु, आशा लघुवित्त, धौलागिरी लघुवित्त, विपीडब्लु लघुवित्त र चिरख्वा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बडेको हो । त्यस्तै, भिजन लुम्बिनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । भने अन्य ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३० करोड ६८ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, सोनापुर मिनिरल्सको २५ करोड ४७ लाख, हिमालयन डिस्टीलरीको २० करोड ६ लाख, हाथवे इन्भेष्टमेन्ट नेपालको १५ करोड र घोराही सिमेन्टको १५ करोड २३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने अन्य ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.३६ प्रतिशत र व्यापार उपसमूहको परिसूचक ०.५६ प्रतिशत बढेको हो। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.२३ प्रतिशत घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्