Shikhar Insurance
National Life

समयमै सक्ने विकास निर्माणका काममा अवरोध पुर्याउने निकाय सरकार नै होः महामन्त्री थापा

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १६:०४
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं महामन्त्री गगनकुमार थापाले समयमा सक्ने भनेर शुरु गरेका विकास निर्माणका काममा अवरोध पुर्याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सुरुङ निर्माणका लागि बिष्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताए । उनले खोकनाको फास्ट ट्रयाक टुंग्याउन मन्त्रीपरिषद्ले निर्णय गर्नुपर्ने बताए । उनले अहिलेकै काम जस्ताको त्यस्तै गरेर २०८३ सम्म योजना सम्पन्न नहुने बताए । उनले भने, ‘सबै कामहरु नेपाल सरकारले नै गर्छ । नेपाल सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकास निर्माण अवरोध पु¥याउने सबैभदा ठूलो निकाय भनेको नेपाल सरकार नै हो । प्रधानमन्त्रीको सबै कामहरु रोक्ने मान्छे भनेको तपाई नै हो । प्याकेज ८,९ १० को खरिद व्यवस्थामा प्रक्रिया ढिलो हुँदा ५,६ महिना गयो, अझै ५ देखि ६ महिना लाग्छ । कसले नेपाल सरकारले गर्ने हो । बिष्फोटक पदार्थको कुरा राजनीतिक कुरा नटुंगिकन यो सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्रयाक टुंग्याउने काम भनेको सरकारले गर्ने हो । यसलाई मन्त्रीपरिषद्ले निर्णय नगरी टुंगिदैन । ८३ मा बनाउनुपर्छ भन्ने सरकार, ०८३ मा नबनाएर ०९० पु¥याउने पनि सरकार नै हो । अहिलेकै काम जस्ताको त्यस्तै गरेर यो ०८३ मा सकिँदैन । यो ०९०, ०९२ पुग्छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेस पोखरेलले दिएको अभिव्यक्ति सामान्य रुपमा लिन नहुने बताए । उनले आज नै सभामुख देवराज घिमिरेलाई भेटेर यसबारेमा छलफल गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले सरकारी शुण्डमुण्ड भनिकन हाम्रो समितिको सभापतिलाई भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर गरेर यो बैठक राखे । निर्णय पनि त्यही अनुसार गर्नुभएको हो भनिकन सार्वजनिक रुपमा यो विषयलाई उठाएका थिए । यो समितिको विषय हो की होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । कहिले कहीँ हुन्छ । संसदको गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रुपमा नलिन र सभामुखसँग उठाउन र गम्भीर रुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’ उनले यस्ता अभिव्यक्तिले संसद र सांसदको मा मर्दन हुने जिकिर गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्