Shikhar Insurance
National Life

क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्सलाई राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १३:२४
Hyundai
NCELL
NIMB

नयाँ दिल्ली । क्रम्प्टन ग्रीभ्स कन्ज्युमर इलेक्ट्रिकल्स लिमिटेडलाई भारत सरकार, ऊर्जा मन्त्रालय र ऊर्जा दक्षता ब्यूरो द्वारा प्रतिष्ठित “राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार २०२३”  बाट सम्मानित गरिएको छ । यस अवसरमा चौधरी ग्रुपले क्रम्प्टनलाई बधाईको साथ दुई कम्पनी बिचको सहकार्यमा सन्तुष्टि जनाएको छ ।

उक्त पुरस्कार डिसेम्बर १४, २०२३ मा भारतका माननीय राष्ट्रपति श्रीमती द्रौपदी मुर्मुले विज्ञान भवन, नयाँ दिल्लीमा राष्ट्रिय ऊर्जा संरक्षण दिवसमा प्रदान गरेकी थिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्रिय ऊर्जा संरक्षण पुरस्कार (एनईसीए) एक प्रमुख वार्षिक कार्यक्रम हो जसले ऊर्जा संरक्षणमा असाधारण योगदानहरूलाई हाइलाइट गर्दछ । डिसेम्बर १४–१९९१ मा यसको स्थापनापछि, भारत सरकारका सम्मानित गणमान्य व्यक्तिहरू बाट यी पुरस्कारहरू अर्थव्यवस्थाको विभिन्न क्षेत्रहरूमा ऊर्जा संरक्षणमा उदाहरणीय प्रयासहरूलाई प्रस्तुत गर्दछ ।

“वर्षको सबैभन्दा ऊर्जा कुशल उपकरण“ श्रेणीमा फोकसले उपभोक्ताको आवश्यकता पूरा गर्ने मात्र नभई ऊर्जा संरक्षणमा पनि योगदान पुर्‍याउने उत्पादनहरू सिर्जना गर्न नवप्रवर्तनको महत्त्वलाई जोड दिइन्छ ।

अर्नो निओ ३०१५ स्टोरेज वाटर हिटर मोडेलको तापक्रम सेन्सिङ प्रविधिको साथ एक उल्लेखनीय उत्पादन हो, जसले विश्वसनीयता र सुरक्षा दुवैलाई बढाउँछ । समान क्षमताको १ स्टार रेटेड स्टोरेज वाटर हिटरको तुलनामा ४६% सम्मको पर्याप्त ऊर्जा बचत एक प्रभावशाली उपलब्धि हो ।

यसले वातावरणीय जिम्मेवारीप्रति क्रम्प्टनको प्रतिबद्धतालाई प्रतिबिम्बित मात्र गर्दैन ऊर्जा बिलहरू घटाएर उपभोक्ताहरूलाई मूर्त लाभहरू पनि प्रदान गर्दछ । नेपालमा सन् २०२१ देखि चौधरी ग्रुपले क्रम्प्टन ब्रान्डका उत्पादनहरू आफ्नो च्यानल र आउटलेटहरूमार्फत देशभर वितरण गर्दै आएको छ ।

चौधरी ग्रुपले नेपालमा क्रम्प्टनका फ्यान, हिटर, गिजर, इमर्सन रड, आइरन, मिक्स्चर ग्राइन्डर, इन्डक्सन र एयर कुलर बेच्दै आइराखेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्