Shikhar Insurance
National Life

प्रचण्ड सरकारले कामै गर्न सकेन, २०८४ को चुनावमा काँग्रेसले गठबन्धन गर्दैन

सिंहदरबार संवाददाता
२०८० पुष २, सोमबार ०८:५८
Hyundai
NCELL
NIMB
पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आमचुनावमा नेपाली कांग्रेसका कार्यकर्ताले अन्य दलको चुनाव चिह्नमा मतदान गर्न नपर्ने बताएका छन् । दलको गठबन्धनमा लागेर कांग्रेस अस्तव्यस्त बनेको बताउँदै विसं २०८४ को चुनावमा नेपाली कांग्रेसले कसैसँग पनि गठबन्धन नगर्ने दाबी गरे ।
नेपाली कांग्रेस पर्वत ‘क’ को क्षेत्रीय सम्मेलनलाई कुश्माबजारमा सम्बोधन गर्दै थापाले गठबन्धनको संस्कृति नै संविधानवाट हटाउनुपर्ने बताए । उनले चुनाव अघि साना ठूला कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताए । दलहरु एक्लाएक्लै चुनाव लड्दा कांग्रेस, एमाले, माओवादी कोही पनि डराउनु नपर्ने बताए ।
उनले गठबन्धनका कारण कांग्रेसको अस्तित्व नै समाप्त हुने बताउँदै थापाले भने, “बरु कांग्रेस सकिन्छ तर कसैसँग पनि गठबन्धन गर्दैन ।”  थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले सन्तोषजनक काम गर्न नसकेको बताए । कांग्रेसले समर्थन गरेको भए पनि आम नेपालीले आशा र भरोसा गर्नेगरी सरकारले काम गर्न नसकेको उनले बताए ।
कांग्रेसका सांसदले मत दिएर दाहाललाई प्रधानमन्त्री बनाएको भन्दै उहाँले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष दाहाल नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै थापाले यो अवधिमा काम गर्न नसके कांग्रेसले समर्थन फिर्ता लिएर आफ्नो नेतृत्वमा सरकार बनाउनुपर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्