Shikhar Insurance
National Life

कुमारी बैंकले फेरि घटायो ब्याजदर, कर्जाको प्रिमियम पनि ३.५ प्रतिशत मात्रै

सिंहदरबार संवाददाता
२०८० मंसिर २९, शुक्रबार ०८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले पुस १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर पुनः घटाएको छ । यस अघि नेपाल राष्ट्र बैंकको मौद्रिक नीति समिक्षासँगै बैंकले मंसिर २४ गतेबाटै लागु हुने गरि निक्षेपको ब्याजदर घटाएको थियो ।

अहिले फेरि पुस १ गतेबाट लागु हुने गरि निक्षेपको ब्याजदर घटाएको हो । बैंकले बचत खाताको ब्याजदर ०.२० प्रतिशतले घटाएर ६.५१ प्रतिशत बनाएको छ । मंसिर २४ देखि लागु हुने गरि बैंकले बचतको ब्याजदर ६.७१ प्रतिशत बनाएको थियो र त्यसअघिसम्म यस्तो ब्याजदर ७.५१ प्रतिशत थियो । अर्थात बैंकले बैंकले मंसिर २४ र पुस १ गते गरि दुई पटकमै बचत खाताको ब्याजदर १ प्रतिशतले घटाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुमारी बैंकले मुद्धति निक्षेपको ब्याजदर पनि पुनः घटाएको छ । अब बैंकले पुस १ गतेदेखि लागु हुने गरि मुद्धति निक्षेपमा ८.२५ प्रतिशत मात्रै ब्याजदर दिनेछ । मंसिर २४ गते बैंकले मुद्धति निक्षेपमा ९.६१ प्रतिशत ब्याजदर दिने भनेको थियो । अर्थात बैंकले मुद्धति निक्षेपको ब्याजदर एकै पटक १.३६ प्रतिशतले घटाएको छ । मंसिर २४ गते पनि बैंकले मुद्धति निक्षेपको ब्याजदर १०.०१० प्रतिशतबाट घटाएर ९.६१ प्रतिशत कायम गरेको थियो ।

कुमारीले कर्जाको प्रिमियम दर पनि १ प्रतिशतले घटाएको छ । बैंकले यसअघिसम्म कर्जाको अधिकतम प्रिमिमय ४.५ प्रतिशतसम्म असुल्दै आएको थियो । अब भने कर्जाको प्रिमियम घटाएर अधिकतम सिमा नै ३.५ प्रतिशत मात्रै कायम गरेको छ ।

नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने उदेश्यसहित मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा मार्फत बैंकदरलाई ०.५ प्रतिशतले घटाएको थियो । यसअघि ७.५ प्रतिशत रहेको बैंक दर अब ७ प्रतिशत कायम भएको छ । नितिगत दर झन १ प्रतिशतले घटाएको थियो । हालसम्म ६.५ प्रतिशत रहेको नितिगत दर घटेर अब ५.५ प्रतिशतमा सिमित भएको छ । राष्ट्र बैंकले निक्षेप संकलनको बोलकबोल दरपनि ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्