Shikhar Insurance
National Life

केपी ओली भन्छन्ः सागलाई गुन्द्रुक बनाएर बेच्नु, विदेशमा सुन फलेको छैन्

सिंहदरबार संवाददाता
२०८० मंसिर २८, बिहीबार २०:४५
Hyundai
NCELL
NIMB

धनकुटा । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पारम्परिक कृषिलाई प्रविधि र मूल्य शृङ्खलासँग जोडेर काम गरे बजारको अभाव नहुने सुझाव दिएका छन् ।

बैतडीको चिवाघाटबाट पाँचथरसम्मको सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गबाट भोजपुर हुँदै धनकुटा आइपुगेका अध्यक्ष ओलीले यस्तो सुझाव दिएका हुन् । यात्राका क्रममा पाख्रिबास नगपालिका आइपुगेका ओलीले नगरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका विद्यार्थीसँग अन्तरक्रिया गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेकपा एमाले जिल्ला कमिटी धनकुटाले आयोजना गरेको सो कार्यक्रममा धनकुटाको कृषि क्षेत्रको समस्या र अवस्थाका बारेमा क्याम्पसका प्रमुख निराजन भण्डारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा भण्डारीले धनकुटाको कृषि तथा दुग्धजन्य बजारले भारतसँग प्रतिष्पर्धा गर्न नसकेकाले भारतीय कृषि उपज बन्द गर्न मागसमेत गरे ।

सागलाई गुन्द्रक बनाएर महँगोमा बेच्न सकिने आधार दिँदै अध्यक्ष ओलीले अन्य कृषि उपजलाई पनि बजारको मागअनुसार तयारी गरेर बेच्न सुझाव दिए । त्यसका लागि राज्यले वास्तविक किसानलाई पहिचान गरेर अनुदान दिने र कृषिलाई प्रविधिसँग जोडेर लानुपर्ने उनको भनाइ थियो । “पढेर पासपोर्ट बनाएर विदेश होइन, यहीँ केही गर्नु। टिपेर ल्याउन विदेशमा सुन फलेको छैन”, उनले भने, “अलि ढिलो होला तर दुःख गरे यहीँ धनी हुन सकिन्छ ।”रासस

 

GBIME

प्रतिक्रिया दिनुहोस्