Shikhar Insurance
National Life

सिएनआई र पीडब्लूसी भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव सम्बन्धि प्रतिवेदन सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० मंसिर २७, बुधबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) र पीडब्लूसी भारतले संयुक्त रुपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धि प्रतिवेदन सार्वजनिक गरिएको छ । सिएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु रहेको छ । यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य श्रृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पूँजीकरण गर्न सकिन्छ भन्ने विषयहरु प्रतिवेदनमा समेटिएका छन् । विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ । जलवायु परिवर्तनबाट सृजित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यवसायिक क्षेत्रबीचको सहकार्य महत्वपूर्ण छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरूको लागि रोडम्याप तयार गर्न ठोस कदमहरू र योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए । यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरुको भूमिकाका विषयहरु समेत समेटिएका छन् । जयवीर सिंह, पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशकले जलवायु अनुकूलन व्यवसायका लागी एक जिम्मेवारी मात्र नभएर रणनितीको आवश्यकता रहेको बताए। जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिम सहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए । यस प्रतिवेदनले एक लचिलो र दिगो व्यवसायीक वातावरण निर्माण गर्न सहयोग गर्ने उनले विश्वास व्यक्त गरे।

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरु मध्ये एक रहेको बताए । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने बताए । यो प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ । साथै यसले व्यवसायिक सुरक्षा मात्र नभएर राष्ट्रको समग्र आर्थिक स्थिरतामा पनि योगदान पुर्याउँने हाम्रो विश्वासछ ।

यो प्रतिवदेनले नेपाललाई जलवायु परिवर्तन अनुकुलनलाई बुझ्न र सम्बोधन गर्नका लागी महत्वपुर्ण मार्गनिर्देशन प्रदान गर्ने छ।यो रिपोर्ट व्यवसाय, नीति निर्माताहरू र संस्थाहरूका लागि जलवायु परिवर्तन अनुकुलन गर्न महत्वपुर्ण स्रोत हुने विश्वास गरिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्