Shikhar Insurance
National Life

नेपाल बैंकको सीईओ भिडन्तमा नयाँ ट्वीस्टः तिलकराज पाण्डेको दमदार इन्ट्री

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकको सीईओ छनौट प्रक्रियामा नयाँ ट्वीस्ट देखिएको छ । सुरुमा सीईओ बन्नेहरुको सूचिमा रहेकाहरुलाई पछि पार्दै नयाँ नाम एग्रेशिभ रुपले अघि आएको छ । नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका छन् । उनीहरुमध्ये छपिराज पन्त, समता पन्त र कृष्ण प्रसाद आचार्यलाई प्रबल दावेदार मानिएको थियो । तर एकाएक चर्चामा आएको नयाँ नामले नेपाल बैंकको सीईओ भिडन्तलाई रोचक बनाईदिएको छ ।

बैंकले असोज २१ गते सार्वजनिक सूचना प्रकाशित गरेर सीईओका लागि आवेदन मागेको थियो । जसमा १९ जनाले आवेदन दिएका थिए । जसमा अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छपिराज पन्त , राजुनाथ खनाल, बिष्णु देव यादव, प्रमोद बाबू तिवारी, रमेश प्रसाद जोशी, शंकर केसि, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, तिलक राज पाण्डेय, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम, समता पन्त, देवेश प्रसाद लोहनी र कृष्ण प्रसाद आचार्यले आवेदन दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुरुमा छपिराज पन्त, समता पन्त र कृष्ण प्रसाद आचार्यलाई सम्भावित सीईओका रुपमा लिईएको थियो । तर अहिले भने बैंककै पूर्व चिफ मेनेजर तिलकराज पाण्डेयको नाम अघि आएको छ । स्रोतका अनुसार नुवाकोटकै एक जना पाण्डे थरका काँग्रेस कार्यकर्ताले तिलकराज पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेट गराएका छन् । उनै पाण्डेले तिलकराजको भेट काँग्रेस सभापति शेर बहादुर देउवासँग समेत भेट गराईसकेको स्रोत बताउँछ ।
पर्वत घर भएका तिलकराज पाण्डे काँग्रेस निकट पूर्व बैंकर हुन् । नेपाल बैंकबाट अवकास पाउनु अघि उनी ऋण महाशाखाका प्रमुख थिए । ‘तिलक पाण्डेले सबै तिर लाइन मिलाईसकेको खबर छ, अर्थमन्त्री र काँग्रेस सभापति देउवाले नै उहाँलाई वचन दिईसक्नु भएको सुनेका छौं’, स्रोतले भन्यो ।
स्रोतका अनुसार मंगलबार बिहान मात्रै तिलकराजले काँग्रेस सभापति देउवासँग भेट गरेर आफ्नो नियुक्ती पक्का गरेको पनि स्रोतले दावी गर्यो ।

फाइल नखुल्दै सीईओ बन्ने पक्का
१९ जना आवेदकहरुको आवेदन फाइल अहिलेसम्म खोलिएको छैन् । फाइल खोलेर प्रारम्भिक मूल्यांकन अघि नै सीईओ बनाई पाउँ भन्दै प्रतिष्पर्धीहरुले शक्ति केन्द्रको दौडलाई उत्कर्षमा पुरयाईसकेका छन् । १९ वटा फाइल खोलेर नम्बरिङ गर्न नै केहि दिन लाग्नेछ । प्रारम्भमा ५ जनाको सूचि सार्वजनिक गरेर प्रस्तुतिकरणका लागि बोलाउनुपर्ने व्यवस्था छ । प्रस्तुतिकरणमा अब्बल ठहरिएका ३ जनाको नाम सञ्चालक समितिमा पेश गरि सोही तीन जनामध्ये एक जनालाई सीईओ नियुक्त गर्नुपर्ने व्यवस्था छ । तर प्रारम्भिक फाइल नखुल्दै सीईओ पक्का भन्ने चर्चा भने सुरु भैसकेको छ ।

छनौट समितिमा फेरबदल
सूचना प्रकाशित हुँदा बोर्डमा अर्थमन्त्रालयबाट आनन्द काफ्ले सञ्चालक समिति सदस्य थिए । उनै काफ्लेको नेतृत्वमा छनौट समिति बनेको थियो । तर काफ्लेको गृहमन्त्रालयमा सरुवा भएपछि उत्तर कुमार खत्रीलाई अर्थमन्त्रालयको प्रतिनिधीका रुपमा बैंक पठाईएको छ । तर खत्रीले भने अझसम्म सपथग्रहण समेत गरेका छैनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्