Shikhar Insurance
National Life

नबिल बैंकले ल्यायो ३० लाख कित्ताको ‘नबिल डिवेन्चर २०८७’, ब्याज दर ९ प्रतिशत

सिंहदरबार संवाददाता
२०८० मंसिर २६, मंगलवार १३:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता १ हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउने कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधरणलाई र १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बताइएको छ ।

सर्वसाधरणलाई छुट्याइएको १२ लाख कित्ता मध्ये पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामुहिक कोषका लागि समेत समावेश गरिएको छ । सर्वसाधारणले न्युनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्तासम्म लगानी गर्न सकिने यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ । यो ऋणपत्र २९ मंसिरदेखि छिटोमा ३ पुससम्म र ढिलोमा १३ पुससम्म खुला गरिने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफुलाई नेपालको अग्रणी वाणिज्य बैंक बैंक मध्ये एक दावि गर्ने नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएकोे छ । बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्