Shikhar Insurance
National Life

संसद सेवा दिवसका अवसरमा रक्तदान

सिंहदरबार संवाददाता
२०८० मंसिर २५, सोमबार १२:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्रौँ संसद सेवा दिवसका अवसरमा आज सिंहदरबारस्थित सङ्घीय संसद सचिवालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खान तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ५०औँ पटक रक्तदान गर्ने सचिवालयका उपसचिव सञ्जय दाहाललाई रगत सङ्कलन गर्ने झोला हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सङ्घीय संसद सेवा दिवस मूल समारोह समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

हरेक वर्ष मङ्सिर २८ गते संसद सेवा दिवस मनाइँदै आइएको छ । विसं २०५९ मङ्सिर २८ गते निजामती सेवाबाट संसद सेवालाई अलग्गै विशेष सेवाका रुपमा छुट्याइएपछि यो दिवस मनाउन थालिएको हो ।

दिवसका अवसरमा सचिवालयले विभिन्न कार्यक्रम आयोजना गरेको छ । संसद सचिवालयअन्तर्गत करिब तीन सय कर्मचारी छन् । दिवसका दिन उत्कृष्ट कर्मचारीलाई सम्मान गर्ने कार्यक्रम छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्