काठमाडौं । नेपाल धितोपत्र बोर्डले आईपीओको १० कित्ते नीति पुनरावलोकन गर्ने भएको छ । मंसिर २२ गते शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले आईपीओको १० कित्ते नीति पुनरावलोकनका लागि अध्ययन कार्यदल गठन गरेको हो ।
बोर्ड बैठकले बोर्ड सञ्चालक समिति सदस्य प्रविन कुमार झाको नेतृत्वमा अध्ययन समिति बनाएको हो । समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओको १० कित्ते आरक्षण नीतिमाथि पुनरावलोकन हुनेछ । बोर्ड अध्यक्ष हमालले कार्यभार सम्हालेदेखि नै आईपीओको १० कित्ते नीति पुनरावलोकन हुनुपर्ने बताउँदै आएका थिए ।
बोर्डले अब कम्पनीहरुलाई १० प्रतिशत मात्रै आईपीओ निष्काशन गर्न पाउने व्यवस्था पनि पुनरावलोकन गर्दैछ । हालसम्म अनिवार्य रुपमा आईपीओ निष्काशन गर्नुपर्ने कम्पनीहरु बाहेकका कम्पनीहरुले १० प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्न पाउने व्यवस्था छ । बोर्डले अब भने १० प्रतिशतको साटो कम्तिमा पनि ३० प्रतिशतसम्म सार्वजनिक निष्काशन गर्नुपर्ने नियम बनाउन लागेको हो । यो बिषयमा पनि अध्ययन समितिको प्रतिवेदनमा समेटिनेछ ।
प्रतिक्रिया दिनुहोस्