काठमाडौं । तीन वटा लघुवित्त कम्पनीहरुले एकै दिन लाभांश घोषणा गरेका छन् । मंसिर २४ गते आइतबार साँझ समता घरेलु लघुवित्त, आत्मनिर्भर लघुवित्त र ग्लोबल आईएमई लघुवित्त कम्पनीको छुट्टाछुट्टै बसेका सञ्चालक समिति बैठकहरुले गत आर्थिक बर्षको नाफाबाट लाभांश घोषणा गरेका हुन् ।
जस अनुसार आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाले करसहित १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । ग्लोबल आइएमई लघुवित्ति वित्तिय संस्थाले १० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको छ । समता घरेलु लघुवित्त वित्तिय संस्थाले आफ्ना सेयरधनीहरुलार्य ५.७०७६ प्रतितश बोनस सेयर(करसहित) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि यी कम्पनीका सेयरधनीहरुले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्