Shikhar Insurance
National Life

सेयर बजारमा एतिहासीक रेकर्ड, ९ मिनेटमै १११ अंकको उछाल, ४८ करोडको सेयर किनबेच

सिंहदरबार संवाददाता
२०८० मंसिर २४, आईतवार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज सेयर बजारमा उछाल आएको छ। आइतबार सेयर बजारमा तेस्रो पोजेटिभ सर्किट ब्रेक लागेर कारोबार दिनभरीका लागि बन्द भएको हो ।

यसदिन सेयर बजार कारोबार भएको जम्मा ९ मिनेटमै नेप्से ६ प्रतिशतले बढेपछि दिनभरका लागि कारोबार बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजार खुलेको ५ मिनेटमै ४ प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजारमा पनि बढ्ने क्रमले निरन्तरता पायो।

पहिलो सर्किट ब्रेकपछि खुलेको २ मिनेटमै वृद्धि ५ प्रतिशत पुगेपछि कारोबार ४० मिनेटका लागि स्थगित गरिएको थियो। ११ बजेर २७ मिनेट जाँदा बजार ५ प्रतिशतले बढेको थियो।

त्यसपछि १२ बजेर ७ मिनेटमा खुलेको बजार २ मिनेटमै ६ प्रतिशतले बढ्यो। त्यसपछि कारोबार बन्द भएको हो। नेप्से १९६३.९८ अंकमा पुगेको छ।

नेप्सेको नियम अनुसार कारोबार सुरु भएको १ घण्टाभित्र नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा २० मिनेटसम्मका लागि कारोबार स्थगित हुने व्यवस्था छ। त्यस्तै, पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ । परिसूचकमा ६ प्रतिशत बढे/घटेमा सो दिनका लागि नै कारोबार स्थगित हुने व्यवस्था छ ।

आइतबार जम्मा ९ मिनेट कारोबार हुँदा नेप्से परिसूचक १११.२० अंक अर्थात ६ प्रतिशतले बढेर १९६३.९८ विन्दुमा पुगेको छ । यस अवधिमा २४४ कम्पनीको ७ हजार १४ पटकको कारोबारमा ४८ करोड २८ लाख रुपैयाँ बढीको १३ लाख ६७ हजार ६१५ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएको २२७ कम्पनीको सेयर मूल्य बढेको छ । २ वटाको घटेको छ भने, एक कम्पनीको सेयर मूल्य स्थिर छ ।

यसदिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै ८.६३ प्रतिशतले बढेको छ ।

यसदिन माउन्टेन इनर्जीको सर्वाधिक कारोबार भएको छ ।कम्पनीको ३ करोड ५८ लाख बढीको सेयर किनबेच भएको छ।

तेहेरो अंकको छलाङ मारेको बजारमा ५कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रोपावर, शुभम पावर र कालिन्चोक दर्शनको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, इङ्वा हाइड्रोपावरको ९.९९ प्रतिशत, त्रिशुली जलविद्युत्, युनियन हाइड्रो, खानीखोला हाइड्रोपावर, नेपाल एसबीआई बैंकको ९.९७ प्रतिशत, चन्द्रागिरी हिल्स र सिंगटी हाइड्रोको ९.९६ प्रतिशत, हिमालयन ऊर्जाको ९.९१ प्रतिशत, समता लघुवित्तको ९.८७ प्रतिशत, ङादी ग्रुप पावर र सीवाइसी लघुवित्तको ९.८६ प्रतिशत, हिमालयन पावर र आशा लघुवित्तको ९.८४ प्रतिशत, राधी विद्युतको ९.८२ प्रतिशत र चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.८१ प्रतिशतले बढेको छ भने, अन्य कम्पनीको सेयर मूल्य ९.७६ प्रतिशत भन्दा कमले बढेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्