Shikhar Insurance
National Life

सौराहामा नेपाल बारको राष्ट्रिय गोष्ठी

सिंहदरबार संवाददाता
२०८० मंसिर २४, आईतवार १२:१५
Hyundai
NCELL
NIMB

चितवन । नेपाल बार एशोसिएसनले मानव अधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी तथा ४९औं केन्द्रीय कार्यकारिणी परिषद् बैठक आजदेखि सौराहामा सुरु भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईले गोष्ठीको उद्घाटन गरे। गोष्ठीमा देशभरका एक हजारभन्दा बढी कानुन व्यवसायी सहभागी भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा आज मानव अधिकारको अवस्था, पश्चिम एशियमा जारी द्वन्द्वलगायत विषयमा छलफल हुनेछ । उनले भने, “इजरायलमा रहेका नेपालीलाई लिएर नेपाल बार एशोशिएसन गम्भीर छ ।

इजरालयमा १० जना नेपाली विद्यार्थीको ज्यान गयो । त्यहाँको अवस्थालाई लिएर हामीलाई चिन्ता छ ।” अहिले पनि विपिन जोशी हमासको कब्जामा रहेको र उनको रिहाइका लागि आवाज उठाइने उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्