Shikhar Insurance
National Life

ब्याजदर बढ्ने चिन्तै नलिई नयाँ घर बनाउने सपना छ ? सिटिजन्स बैंकले पार्दैछ साकार

सिंहदरबार संवाददाता
२०८० मंसिर २४, आईतवार १२:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले नयाँ घर बनाउन चाहिरहेका सेवाग्राहीहरुका लागि नयाँ अफर ल्याएको छ । ब्याजदर घटबढबाट सधैँ चिन्तामा पर्ने ऋणीहरुले अब सिटिजन्स बैंकको घरकर्जा योजनाबाट लाभ लिन सक्नेछन् । बैंकले १०.९९ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । यो योजना अनुसार ऋण लिएर घर बनाउनेहरुले आगामी ७ बर्षसम्म १०.९९ प्रतिशत ब्याजदरमात्रै तिर्नुपर्नेछ । ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घरकर्जाले पार्नेछ सपना साकार’ योजना अन्तर्गत बैंकले घर कर्जा सुबिधा ल्याएको हो ।

पछिल्लो समय चलायमान भैरहने ब्याजदरमा ऋण लिँदा तरलताको उतारचढावसँगै बैंकले ऋणीको ब्याजदर समेत सोही अनुसार तलमाथि गरिरहेका छन् । हरेक महिना ब्याजदर थपघट हुने समस्याबाट ऋणीहरुलाई मुक्त गर्ने उदेश्यसहित बैंकले ‘होम लोन’ योजना अघि सारेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले होम लोन योजनामा निःशुल्क क्रेडिट कार्ड र डेबिट कार्डको सुबिधा पनि थपिदिएको छ । त्यसका अवला पहिलो बर्षका लागि लकर सुबिधामा पनि ५० प्रतिशत छुट समेत दिनेछ ।

हाल बैंकमा प्रंबलजंग पाण्डेले अध्यक्षका रुपमा सञ्चालक समितिको नेतृत्व गरिरहेका छन् भने गणेशराज पोखरेलले सीईओका रुपमा व्यवस्थापकिय नेतृत्व गरिरहेका छन् । केहि समय अघि मात्रै जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पपछि बैंकले राहत स्वरुप २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । बैंकका १६ लाख ६४ हजार भन्दा बढी ग्राहक छन् । सिटिजन्स बैंकले यसपालि आफ्ना लगानी कर्ताहरुलाई करसहित ५.७९ प्रतिशत नगद लाभांश दिईसकेको छ ।

बैंकका सीईओ पोखरेलले आगामी आर्थिक बर्षमा कम्तीमा पनि दुई अङकको लाभांश दिने योजना बनाएको बताउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्