काठमाडौं । नेप्सेमा फेरी दोस्रो सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेकपछि खुलेको सेयर बजार फेरी ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि सर्मिट ब्रेक लागेको हो।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षापनि सेयर बजारमा उछाल देखिएको छ। समिक्षापछि खुलेको पहिलो दिन नै नेप्से परिसूचक उच्च अंकले बढेको हो। राष्ट्र बेंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति लिएसँगै बजारमा उत्साह देखिएको छ।
सेयर बजार खुलेको पहिलो ५ मिनेटमानै ४ प्रतिशतले बढेर बन्द भएको नेप्से परिसूचक २० मिनेटको लागि बन्द भएको थियो भने। दोस्रो पटक खुलेको बजारमा पनि ५ मिनेट मात्रै कारोबार भएको थियो। दोस्रो पटक खुलेको नेप्से परिसूचक ५ प्रतिशत अर्थात ९२. ७३ अंकले बृद्धि भई १९४५.५१ को विन्दुमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्